सुनको मूल्यमा वृद्धी

0

काठमाण्डौँ– स्थानीय बजारमा सुनको मूल्य तोलामा १ हजार १सय वृद्धी भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९ सयमा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १ सयमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।

तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५ सय ५० मा कारोवार भएकामा आजका भने ८९ हजार ६ सय ५० मा कारोवार भएको छ। तेजाबी सुनसमेत तोलामा एक हजार १ सयले उकालो लागेको हो।

त्यस्तै, चाँदीको मूल्यमा समेत आज २५ ले वृद्धि भएको छ। तोलामा एक हजार ३ सय ३५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३ सय ६० मूल्य कायम भएको छ। रासस