सुदूरपश्चिम प्रदेश सभा बैठकः पशु स्वास्थ्य तथा पशु सेवा सम्वन्धी विद्येयक विषयगत समितिमा पठायो

0

कैलाली– सुदूरपश्चिम प्रदेश सभाको बैठक पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई विषयगत समितिमा पठाइएको छ। सोमवार प्रदेश सभाको बैठकबाट दफावार छलफलका लागि विधेयकलाई सामाजिक विकास समितिमा पठाइएको हो।

छलफलमा प्रदेश सभा सदस्यहरु बलदेव रेग्मी, श्यामलाल रानाथारु, मालामति रानाथारुले भाग लिएका थिए। प्रदेश सभाको अर्को बैठक फागुन १२ गते बोलाईएको प्रदेश सचिवालयले जनाएको छ।