प्रधानमन्त्री ओली कञ्चनपुरमा

0

कञ्चनपुर– प्रधानमन्त्री केपी शर्मा ओली कञ्चनपुर पुगेका छन्। दैजि छेला औद्योगिक क्षेत्रको शिलन्यास गर्न प्रधानमन्त्री ओली कञ्चनपुर पुगेका हुन्।

उनी आज दिउँसो कञ्चनपुर पुगेका हुन्। ओली श्री एयरलाइन्सको विमानमा धनगढि विमानस्थल आएका हुन्। त्यसपछि उनी नेपाली सेनाको हेलिकप्टरमार्फत दैजि औद्योगिक क्षेत्रमा पुगेका हुन्।

उनले केही बेरमा ओद्योगिक क्षेत्रको शिलन्यास गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीसंगै मन्त्रीहरु लेखराज भट्ट, प्रेम आले लगायत नेकपा नेताहरुको सहभागिता छ।