प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको भागबण्डा टुंग्यायो,कैलाली अध्यक्षमा दिर्घ सोडारी (सूचीसहित)

0

काठमाडौं- नेकपा प्रचण्ड-माधव पक्षले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ। पार्टी विभाजन भएपछि प्रचण्ड-माधव पक्षले अध्यक्ष र सविचवको टुंगो लगाएको हो। प्रचण्ड माधव समूहको कैलाली अध्यक्षमा दिर्घ सोडारी र सचिवमा लालबहादुर सोडारीलाई जिम्मेवारी दिएको छ। बाजुरा, बझाङ, अछाम, डोटी, डडेल्धुरा, अछाम र दार्चुलाको अध्यक्ष र सचिवको टुंगो लागेको छ भने कञ्चनपुर जिल्लाको अध्यक्ष र सचिवको भने टुंगो लाग्न बाँकी रहेको छ।

पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ। प्रचण्ड नेपाल समूहको अव ९ जिल्लाको नेतृत्व चयन गर्न बाँकी रहेको छ।जिल्ला इन्चार्ज र सहइन्चार्ज पनि टुंग्याउन बाँकी रहेको जनाईएको छ।