दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिका सरोकारवाला निकायको सहयोगमा कृषि र पशु क्षेत्रलाई प्रवद्र्धन गर्नतर्फ उन्मुख भएको छ। बेरोजगार भएर बसेका तथा कृषि र पशुपालनमा आकर्षित हुने जनशक्तिलाई स्वरोजागर बनाउन कृषि क्षेत्र प्रवद्र्धन गर्ने भएको हो।

कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र उपकरणमुखी कृषि प्रणालीको विकास गर्न गाउँपालिकाले पहल थालेको हो। कृषकलाई बीउ बिजन सहयोग गर्नेदेखि लिएर उत्पादन भएको तरकारी बजार पु¥याउने सम्मका योजना अघि सारिएको गाउँपालिका कृषि शाखाले जनाएको छ। मालिकार्जुन गाउँपालिकाले यस वर्ष कृषि क्षेत्रका लागि मात्र सात लाख रुपैयाँ बजेट विनियोजन गरेको मालिकार्जुन गाउँपालिका कृषि शाखा प्रमुख रमेशराज जोशीले जानकारी दिए।

गएको दुई वर्षमा कृषि पेशालाई यान्त्रीकरण गर्न र किसानले नयाँ प्रविधि अपनाउन भनेर उनीहरुलाई विभिन्न कृषि औजारहरु वितरण गर्ने कार्यक्रम तयभएको गाउँपालिकाले जनाएको छ। कोरोनाले गर्दा विदेशमा रोजगारी गुमाएर फर्किएका युवालाई कृषि पेशामा आवद्ध गराउने खालका कार्यक्रमहरु यस वर्ष सञ्चालन गर्न पर्याप्त बजेट छुट्याइएको गाउँपालिका अध्यक्ष नरेन्द्र सिह धामीले बताए। कृषि गर्न चाहने युवालाई जीविकोपार्जन गर्ने खालका कार्यक्रमहरु सञ्चालन गरिने गाउँपालिकाले जनाएको छ।

गाउँपालिका अध्यक्ष धामीका अनुसार नमूना फलफुल क्षेत्र विकास कार्यक्रमका लागि मालिकार्जुन गाउँपालिकाको ७ लाख, कृषि ज्ञानकेन्द्र दार्चुलाको १० लाख तथा जनश्रमदान गरी जम्मा २० लाखको लागत रहने गरी साझेदारी सहमतिपत्रमा हस्ताक्षर गरिएको गाउँपालिका अध्यक्ष धामीले बताए। यो कार्यक्रममार्फत मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २ अन्तरर्गत पर्ने न्वालपानी वडा ३ को मलबाब, वडा नम्बर ४ को गोठ्युडी, वडा नम्बर ५ को हरडा तथा वडा नम्बर ८ अन्तगर्त पर्ने कोटिला (कोट) क्षेत्रमा ओखरको बोट खरिद गरी कृषकहरुलाई वितरण गर्ने कार्यक्रम रहेको कृषि शाखाले जनाएको छ।

स्थानीय निकाय र कृषि ज्ञान केन्द्रवीच साझेदारीमा कार्यक्रम संचालन गर्न समझदारी भएको कृषि ज्ञानकेन्द्र दार्चुलाका कार्यालय प्रमुख प्रकाश कुमार पन्तले जानकारी दिए । यसवर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने योजना अघि सारिएको गाउँपालिकाले जनाएको छ । परम्परागत तथा निर्वाहमुखी कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्न लागि परेको अध्यक्ष धामीले बताए।

गाउँपालिकाले यसवर्ष पनि विगत वर्षका कार्यक्रम सञ्चालन हुने र कृषि र पशुपालनमा नमूना पालिका बनाउने खालका कार्यक्रम सञ्चालन गर्ने जनाएको रहेको गाउँपालिकाले जनाएको छ।