भारतमा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, डेपुटी कमान्डर सिंहद्धारा कैलाली-कञ्चनपुरबाट हुने पेट्रोल तस्करी रोक्‍न एसएसबीलाई निर्देशन

0
file photo

कैलाली-कैलाली भारतमा पेट्रोलियम पदार्थको मूल्य अत्याधिक वृद्धि भएपछि सीमा क्षेत्रमा एसएसवीले कडाई गरेको छ। सशस्त्र सीमा बलको ४९ औं बटालियन डेपुटी कमान्डर अमनदीप सिंहले नेपालबाट हुने पेट्रोलियम पदार्थको तस्करीमा निगरानी बढाउन निर्देशन दिएका हुन् ।पछिल्लो समय कैलाली र कञ्‍चनपुरको सीमा क्षेत्रबाट पेट्रोलियम पदार्थको तस्करी बढेको छ।

उनले पिलिभित र खिरी जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा तैनाथ रहेको ४९ औं बटालियनको ६ कम्पनी कमाण्डरलाई पेट्रोल, डिजेलको तस्करी हुन नदिनका लागि निगरानी बढाउन निर्देशन दिएका हुन्। पिलिभित र खिरी नेपालका कञ्‍चनपुर र कैलालीसँग सीमा जोडिएका भारतीय जिल्ला हुन्।

भारतको तुलनामा नेपालमा पेट्रोलियम पदार्थको मूल्य सस्तो भएपछि नेपालबाट ठूलो परिमाणमा पेट्रोल र डिजेल तस्करी हुन थालेको बताईएको छ। डेपुटी कमाण्डर सिंहले सीमा क्षेत्रमा रहेका नेपालका पेट्रोल पम्पहरुको विवरण संकलन गर्नसमेत निर्देशन दिएका छन्।

नेपालमा पेट्रोलको मूल्य ७१ भारतीय रुपैयाँ पर्छ भने डिजेलको मूल्य ६१ भारतीय रुपैयाँ पर्छ।चम्पावत जिल्लाको नेपाल-भारत सीमाको वनवासा गेट पोइन्टका डेपुटी कमाण्डर सुभिन्दर अम्वाभतले आफ्नो बटालियन उच्च निगरानीमा रहेको बताएका छन्।