सोमबार कैलालीका एक कोरोना संक्रमितको मृत्यु

0

कञ्चनपुर- सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कैलालीको गोदावरी नगरपालिका–२ का ७० वर्षीय पुरुषको सोमबार मृत्यु भएको अस्पतालले जनाएको छ।

फागुन ३ गतेदेखि ती संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत उनी मात्र एक्लो संक्रमित थिए।