डडेल्धुरा- २ कक्षाकी बालिकालाई बलात्कार गरेको अभियोगमा डडेल्धुरामा एकजना शिक्षक पक्राउ परेका छन्।
डडेलधुरास्थित जन्यापधुरा गाउँपालिका ४ को भुवनेश्वर माविका ४७ वर्षीय शिक्षक सोही विद्यालयमा कक्षा २ मा अध्ययनरत १० वर्षीया बालिकामाथि करणी गरेको आोपमा पक्राउ परेका हुन्।
ती बालिकालाई जर्बजस्ती करणी गरेको उजुरी परेपछि प्रहरीले ती शिक्षकलाई पक्राउ गरेको जनाइएको छ।
घटनाबारेमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ।