रहेनन् कम्युनिष्ट नेता इन्द्रलाल लामा

0

लहान-कम्युनिष्ट आन्दोलनका योद्धा तथा पुराना कम्युनिष्ट नेता इन्द्रलाल लामाको आज ८२ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विभिन्न रोगबाट पीडित सिरहाको गोलबजार नगरपालिका–६ निवासी पुराना वामपन्थी नेता लामाको उपचारका क्रममा विराटनगरमा निधन भएको परिवारका सदस्यले बताएका छन्।

विसं १९९५ फागुन १४ गते जन्मिनुभएका लामा २०१६–०१७ सालदेखि वाम राजनीतिमा सक्रिय थिए। तत्कालीन वाम राजनीतिका नेताहरू कृष्णप्रसाद अधिकारी, रघुनाथ पोखरेलको सम्पर्कमा कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएका लामा उहाँहरूको विचारसँग सहमति हुन नसकेपछि जयगोविन्द साहको नजीक भएर काम गरेका थियो । उनी कम्युनिष्ट पार्टीको चौथो महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।

यसैबीच लामाको पार्थिव शरीरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश), पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेलले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे।