कृष्णपुरको ज्योति बोर्डिङ स्कुलमा निशुःल्क स्वास्थ्य परीक्षण सुरु, एकै दिनमा एक सयभन्दा बढी विद्यार्थीले सेवा लिए

0

कञ्चनपुर- जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा गुलरियामा रहेको ज्योती ईङ्गलिस बोर्डिङ स्कुलमा निःशुल्क स्वास्थ्य परिक्षण सप्ताह सुरु भएको छ। गुलरियामै रहेको मणिलेक हेल्थ केयर सेन्टर एण्ड पोलिक्लिनिकको सहयोगमा विद्यालयको स्वास्थ्य परिक्षण सप्ताह आयोजना गरेको हो।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वस्थ र निरोगी राख्न सप्ताहव्यापी रुपमा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना गरिएको विद्यालयका सञ्चालक कुबेर खड्काले जानकारी दिए।

विद्यालयको वार्षिक कार्यक्रम अनुसार आयोजना गरिएको स्वास्थ्य परिक्षणमा सबै विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गरिने उनले बताए। विद्यालयमा स्क्रिनिङ, ब्लड ग्रुप, सुगर लगायतका चेकजाँचहरु गरिएको मणिलेक हेल्थ केयर एण्ड पोलिक्लिनिकका डाक्टर दान सिँह बुडालले बताए।

चेकजाँचका क्रममा विद्यार्थीहरुमा देखिएका लक्षणको आधारमा विद्यार्थीहरुलाई निःशुल्क रुपमा औषधी पनि वितरण गरिएको उनले बताए।आईतबारबाट सुरु भएको स्वास्थ्य परिक्षणमा पहिलो दिन मात्रै करिब एक सय भन्दा बढी विद्यार्थीहरुले स्वास्थ्य सेवा लिएका थिए ।