अछाममा वडाध्यक्षले संचालन गरेको मेडिकल सिल

0

अछाम- जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १३ का वडाध्यक्षले संचालन गरेको निजी मेडिकल नियम विपरीत भन्दै प्रशासनले सिल गरेको छ।वडाध्यक्ष सागर सिंह बाब्लीले सञ्चालन गरेको मेडिकल १५ दिनका लागि प्रशासनले सिल गरेको हो।

अनुगमनका क्रममा मेडिकल नियम विपरीत सञ्चालन गरेको पाइएको जिल्ला प्रशासन कार्यालय अछामका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले जानकारी दिए। मेडिकलबाट म्याद गुज्रेका औषधि र भेटेरीनरीका सामाग्री समेत विक्री गर्ने गरेको पाइएपछि कारवाही स्वरुप मेडिकल सिल गरिएको उपाध्यायको भनाई छ। बाब्ली नेकपाबाट निर्वाचित वडाध्यक्ष हुन्।