यसरी भयो लुम्बिनी विकास बैंक र इजीलिंक रेमिट्यान्स प्रालीबीच विप्रेषण सम्झौता

0

काठमाडौं-लुम्बिनी विकास बैंक लिमिटेड र इजीलिंक रेमिट्यान्स प्रालिबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता सम्पन्न भएको छ। लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र इजीलिंक रेमिट्यान्स प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद अर्यालले संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकहरुले इजीलिंक रेमिट्यान्स प्रालिको नेपाल भरका सम्पुर्ण एजेन्सीहरु मार्फत भुक्तनी लिन सकिने छ। स्वदेश तथा विदेशबाट इजीलिंक रेमिट्यान्स मार्फत पठाएको रुपैयाँ ग्राहकहरूले, लुम्बिनी विकास बैंकको आफूलाई पायक पर्ने बिभिन्न शाखा कार्यालयहरुबाट भुक्तानी लिन सक्ने छन्।

याे सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने छन्। “निरन्तर सहयात्रा” भन्ने नाराका साथ बैंकले देशभर ६९ शाखा र १७ वटा एटीएमका साथै विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधा र ABBS, Mobile Banking, ATM, Locker लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आफ्नो सेवालाई आधुनिकीकरण एवं परिमार्जन गर्दै आफ्ना करीव २ लाख ७० हजार ग्राहकहरुलाई सरल एवं सुरक्षित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।