काठमाडौ– प्रदेश–१ सभामा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव पेश भएको छ।
नेकपाका तर्फबाट प्रचण्ड–माधव समूहका प्रदेश सांसद तथा पूर्व प्रदेशमन्त्री इन्द्रबहादुर आङ्बोले अविश्वासको प्रस्ताव सभामा पढेर सुनाउँदै पेश गरेका हुन्।
प्रतिनिधि सभा विघटनको विषयलाई अग्रगामी भनी मुख्यमन्त्री राईले भनेका कारण अविश्वासको प्रस्ताव ल्याएको उनले बताए।
सभामुख प्रदिपकुमार भण्डारीले राई पक्ष उपस्थित नभए पनि प्रदेश सभा बैठक चलाएर प्रस्ताव पेश हुनासाथ अर्को बैठक २० फागुनका लागि तोकेका छन्।