विद्यार्थीका लागि खुसीको खबर ! कानून पढ् काठमाडौं धाउनु पर्दैन, अवदेखि स्नातक तहको पढाई कैलाली बहुमुखी क्याम्पसमा

0

कैलाली-सुदूरपश्चिम प्रदेशमा पहिलो पटक स्नातक तहमा कानुन बिषय को पठन पाठन कैलाली बहुमुखी क्याम्पस धनगढीमा हुने भएको छ। सुदूरपश्चिम विश्व विद्यालय मानविकी तथा समाजशास्त्र संकाय अन्तर्गत स्नातक तहमा सेमेष्टार प्रणालीमा पाँच बर्षे (दश सेमेष्टर) विएरएलएलवि (कानून) विषयको पठनपाठन हुने भएको हो।

क्याम्पसले शैक्षिक सत्र २०७७/०७८ मा नयाँ विद्यार्थी भर्नाको लागि संशोधित कार्यक्रमका लागि सुचना जारी गरेको छ।कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिममाञ्चल (सुप) विश्वविद्यालयको आंगिक क्यापसको रूपमा २०७७ माघ १३ गते समायोजन भएको हो।