काठमाडौं-पेप्सी नेपालका फाईनान्स प्रमुख प्रविन अग्रवाल पक्राउ परेका छन्।एक अर्ब रुपैयाँ राजश्व छली गरेको अभियोगमा अग्रवाललाई राजश्व अनुसन्धान विभागले पक्राउ गरेको हो। अग्रवाललाई काठमाडौंको पेप्सिकोलास्थित कार्यालयबाट ४ दिनअघि राजश्व अनुसन्धान विभागमा कार्यरत प्रहरीले पक्राउ गरेको बताएको छ।
नेपालमा बरुण वेभरेजअन्तर्गत पेप्सी, मिरिण्डा, ड्यु, सेभेनअप, इभरभेष्ट सोडा, स्लाइसलगायत पेय पदार्थ उत्पादन तथा विक्रीवितरण गर्दै आइरहेको छ।
(यस अघिको समाचारमा प्राविधिक कारणले अन्यथा भएकाले सच्याइएको छ। सम्पादक)