युवा संघकाअध्यक्ष सिंह भन्छन्-‘ओलीको पक्षमा आगामी चैतभित्रै बर्दी विनाका साईबर सेना निर्माण हुन्छन’

0

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको राष्ट्रिय युवा संघ प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने भएको छ।साइबर सेनाले सामाजिक सञ्जालमा सरकारविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने अध्यक्ष बचनबहादुर सिंहले जानकारी दिए।

‘साइबर सेनाले हतियार बोक्ने छैनन्, तर बुद्धिको प्रयोग गर्नेछ। आगामी चैत्रभित्र पाँच लाख सेना निर्माण गर्छौं। यसबाट आत्तिनेहरुले हामीलाई साइबर स्याल भनिरहेका छन्। तर हामी विवेकपूर्ण ढंगले परिचालित हुनेछौं’,उनले भने।

आफूलाई बुद्धिमान ठान्नेहरुले सरकार र नेकपाबारे जनतालाई भ्रमित पार्ने काम भइरहेको भन्दै अध्यक्ष सिंहले यसलाई नियन्त्रण गर्न साइबर सेना परिचालित गरिने बताए।

उनले आगामी चैतभित्रै ओलीको पक्षका पाँच लाख बर्दी बिनाको सेना निर्माण हुने बताए।युवा संघको माघ २५ र २६ गते बसेको बैठकले प्रधानमन्त्रीको साइबर सेना बनेर खटिने निर्णय गरेको हो।