केपी समूहमै फर्किए शेरबहादुर तामाङ र उषाकला राई

0

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहलाई धक्का दिँदै शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राई प्रधानमन्त्री केपी शर्मा ओली समूहमा फर्किएका छन्।

उक्त समूहमा नेकपालाई कमजोर बनाउने र प्रचण्डको हुकुमी शैली मात्र कायम रहेको तथा नेपालको कुनै औचित्य नरहेको देखेपछि उनीहरू ओली समूहमा फर्किएका हुन्।

‘नेता व्यवस्थापनमा प्रचण्ड र नेपालको अझै किचलो रहेको छ। मिल्ने कुरा पनि छैन यसैकारण पनि ओली समूहमा नै फर्किने निर्णय गरेको उहाँहरूले बताउनुभएको छ’, उनीहरू निकट स्रोतले भन्यो।

प्रचण्ड–नेपालसँग ओलीलाई हटाउने भन्दा अरु राम्रा विकल्पका विषयमा बैठक र छलफल नै हुने नगरेको पाएपछि दम्पत्तीले यस्तो निर्णय गरेको बताइन्छ। प्रतिनिधि सभा विघटनमा रुष्ट भएका दम्पत्ती उक्त समूहमा लागेका थिए।

तर पद र प्रतिष्ठाका लागि मात्र उक्त विभाजनको तयारीमा प्रचण्ड रहेको पाएपछि त्यहाँ बस्न नसकिएको उनीहरुको कथन रहेको बताइन्छ।