प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली विराटनगर जाँदै, सुरक्षा व्यवस्था कडा पारियो

0

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्षनेताहरू आज नेकपा (ओली पक्ष)को प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्न विराटनगर आउँदै छन्। दुई वर्षपछि प्रधानमन्त्री ओली विराटनगर जान लागेका हुन्।

प्रधानमन्त्री ओलीसहित शीर्ष नेता विराटनगर आउने भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ।विराटनगरमा चारवटै सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धानबाट सुरक्षाको प्रबन्ध मिलाइएको छ। आज बिहानैदेखि विराटनगरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।

ठाउँ(ठाउँमा नेपाल र सशस्त्र प्रहरीको उपस्थिति बाक्लो बनाइएको छ। सादा पोशाकका सुरक्षाकर्मी पनि उत्तिकै संख्यामा परिचालन गरिएको छ।

सुरक्षा व्यवस्था मजबुत बनाउन नेपाली सेनाको टोली सादा पोशाकमा खटिएको छ । मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले विराटनगर र आसपासका स्थानको सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सुवाष नेम्वाङ, मुख्यमन्त्री शेरधन राई लगायतका शिषर्ननेताहरुले सभालाई सम्बोधन गर्ने कार्याक्रम रहेको छ ।