बालपनकाे स्मरणः ५० को दशकमा १ सय रुपैयाँ खल्तीमा बोकेर फोटो खिच्न रारा पुगे !

0

लक्ष्मण जोशी

५० कोे दशकमा अहिलेको जमना जस्तो त्यती बेला थिएन्। अहिले हातहातमा एन्डोइड मोवाइल र क्यामरा हुने उत्तिबेला कुरै भएन्। मेरो त्यो बेलासम्म कुनै फोटो खचेको सम्झना नै छैन्।मेरो अंकल महेश कुमार गिरी त्यो बेला नेपालगञ्जमा अध्ययनरत हुनुहुन्थ्यो।

“विद्यालयको बर्खे बिदामा रारा घुम्ने इच्छाले क्यामरा बोकेर घर आउनुभयो।” उहाँले रारा घुम्नका लागि प्रोत्साहन गर्नु भयो। मलाई राराको बारेमा धेरै जानकारी नै थिएन्, “रारा घुम्ने भन्दा पनि क्यामरा लिएर जाने फोटो खिच्ने भनेपछि मन थाम्न सकिएन्, घरमा बुवासंग सल्लाह गरेर असारको १७ गतेका दिन घरबाट राराको यात्रा तय गर्यौ।”

बाटोमा खाने कुरा पाँच माना चामल, एक पाथी पिठो, चार माना खाजा, भुटेको भटमास, एक माना मासको फाँडो र बुवाले दिएकोबाट खर्च एक सय रुपैयाँ बोकेर राराको यात्रा तय गरिएको थियो। रारा घुम्न म लगायत चार जना गयौ, जसमा पदमलाल गिरी र महेश गिरी लगायत चार जनाले यात्रा तय गर्यौ, यात्राको पहिलो दिन बास श्रीकोटमा विहानको खाना निगाली बोट र बेलुकीको बास निकुञ्जको गेष्टहाउँसमा भएको थियो।

खाने समान त बोकेर लियौँ तर पकाउँने भाडा भने लिएन। भाडाँवर्तन नलिएको हुनाले भाँडा मागेर खाना पकाएर खाईयो। दाउरा र भाँडा प्रयोग गरे बाफत ५ देखि १० रुपैयाँ तिरेका थियौँ।

बाटोमा जहाँ बसियो त्यही ठाउँका मानिसहरुले दिएको माया, सदभाव र प्रेरणा अहिलेसम्म पनि स्मरणीय नै छ। यद्यपी पछिसम्म पनि हुने नै छ, जब सुन्दर रमणीय र मनमहक रारा ताल पुगियो, फोटो समेत खिच्न पाईयो। असारको झिमझिम बर्षामा क्यामराले फोटा खिच्दै गर्दा क्यामराको चार्ज सकिने हो भन्ने डरले त्यति फोटो खिच्न पाइएन्। त्यसैले धितै मर्ने गरी फोटो खिच्न समेत पाईएन्।

जति हेरे पनि मनै नअघाउँने सुन्दर अनि मनमहक रारा तालमा हामीले साढे तीन घण्टामा वरिपरि परीक्रम गरका थियौ। “मुर्मा टपको बारेका जानकारी नभएकाले हामी त्यहाँ गएनौँ, हाम्रो रारा भ्रमण त्यो बेला साढे चार दिनमा सकिएको थियो।”

राराबाट फर्किदा डेढ दिनमा घर पुगेका थियौँ, भ्रमण सकेर महेश कुमार गिरी नेपागञ्ज जानुभयो। “हामी भने घरमै बस्यौ। हामीले खिचेका फोटोहरु नेपालगन्ज पुगे। हामीले असारमा रारा खिचेका फोटोहरु दशै तिहारमा हात पर्यो। आफ्नो फोटा पहिलो पटक देख्दा खुसीको सिमानै थिएन्।

आजभोली भने सयौँ फोटो खिचिन्छन् तर सुरक्षित र यादगार रहदैनन्, त्यो बेला जेजति फोटो खिचिन्थे सबै पुराना एल्बममा सुरक्षित रहन्थे। समय मिलेमा पुनः रारामा घुम्न जाने र मुर्मा टपमा घोडा चढ्ने राराको सौन्दर्य नियाल्ने रहर मेरो अझै रहिरहेको छ।

लेखकःजोशी रोजगार संयोजक जगन्नाथ गाउँपालिका बाजुरामा कार्यतर छन्।