साथीको हत्या गरेर फरार रहेका ६ बर्षपछि पक्राउ

0

काठमाडौ– साथीको हत्या गरेर फरार रहेका एकजना ६ बर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछापको गोकुलगंगा गाउँपालिका ४ काफ्लेटोल बस्ने ५४ बर्षीय भिमे सार्की रहेका छन्।

उनले दाङको तुल्सीपुर नगरपालिका १० घर भइ काठमाण्डौँको थापागाउँ बस्ने द्रोण बहादुर सेनको इट्टा प्रहार गरी हत्या गरेका थिए । २०७१ साल चैत ९ गते हत्या गरी फरार रहेका सार्कीलाई काठमाण्डौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थप अनुसन्धानका लागि सार्कीलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वर लगिएको प्रहरीले जनाएको छ ।