डम्मर गिरी
कैलाली-तीर्थ प्रसादको जीवन यात्रा पुस्तकमा सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश सभा प्रमुख अर्जुन बहादुर थापाले स्वयम् आफैलाई पुस्तकमा पात्रको रुपमा प्रस्तुत भएका छन्। प्रदेश सभामुख अर्जुन बहादुर थापाद्धारा लिखित पुस्तक ‘तीर्थ प्रसादको जीवन यात्रा’ २०७१ साल देखि फुर्सदमा किताव लेख्न सुरु गरिएको थियो।
बझाङको छान्ना क्षेत्र साविकको लामातोला गाविस, (हाल छान्ना गाउँपालिका–२) देहलीकी राईकोशा देवी थापाको कोखबाट पार्वती, बासमती र हिराको जन्म भईसकेको थियो। तर राईकोशाको कोखबाट एउटा पनि छोरा जन्मिने आशा मरिसकेको थियो। जंगबहादुर र राईकोशालाई ठुलो पिर परेको थियो।
जंगबहादुर त्यतिबेला ५१ बर्षका थिए भने राईकोशाको रजस्वला बन्द भएको दुई बर्ष वितेको थियो। अव दुवैमा छोरा जन्मिने आशा मरिसकेको थियो। गाउँमा जंगबहादुरलाई गाउँलेहरु कान्छा मुखिया वा जंग्या पनि भन्थे। गाउँमा अव बुढेसकालमा छोरो हुँदैन भनेर कुरा काट्न थालिसकेको थियो।
छोराकै लागि देवीदेवतालाई भाकल, धामी झाक्री समेत गरे छन्। त्यो गरेको गाउँभरि हल्ला फैलिसकेको थियो। अर्जुनबहादुर थापाकी आमा राईकोशा देवी थापाको कोखबाट तीन छोरीको मात्रै जन्म भएको थियो।राईकोशाको रजस्वला रोकिएको पनि दुई वर्ष पुरा भईसकेको थियो।राईकोशा उमेरले ५२ बर्ष भईसकेकी थिइन्।
एकातिर आमाको रजस्वला नभएको दुई बर्ष वितिसकेको थियो।थापाको परिवारका बारेमा समाजमा विभिन्न कुरा काट्नेको कमी थिएन। गाउँमा अव कान्छा मुखियाको छोरा जन्मिदैन भनेर सवैत्र चिन्ता फैलिसकेको थियो। गाउँलेहरुले कान्छा मुखियाले दोस्रो विहे गरे हुन्थ्यो भन्नेसम्म गाउँलेहरु पुगे।
पुस्तकमा उल्लेख भए अनुसार जंगबहादुर भैसी लिएर खर्क गएका थिए। सुतिरहेको बेला २÷३ बजे राती सपनामा देवीलाई देखे झसंङ्ग विउजीए। विहान भएपछि दहीको ठेकी लिएर घर फकिए। त्यो कुरा जेठा दाजुलाई सुनाए।त्यो बेला धार्मिक यात्रा गर्दा सन्तान जन्मिन्छ भन्ने धार्मिक मान्यता पनि थियो।
दाजु ध्वज थापाको सल्लाह अनुसार डाँडा गाउँ ज्योतिषीलाई सपनाको बारेमा सोधनी गर्दा तीर्थ यात्रा गर्नुपर्ने सल्लाह दिए। उनी त्यसपछि गाउँका केहीलाई भारतको हरिद्धार, बद्रीनाथ, केदारनाथ, गया काँसी जस्ता हिन्दु मठ मन्दिरमा तीर्थ यात्रा गरे। एक अर्कोलाई टिका लगाएर सरसम्मान गरेछन्।
गाउँ पुगेपछि तीर्थयात्रा सवैका लागि फलदायी होस्,कान्छा मुखियालाई पुत्र लाभ कामना गरेछन्। जंगबहादुरले बझाङको सेती नदीबाट ल्याएको जल सवैले जल छर्केर आर्शिवाद दिएछन्। उक्त घटना बुवा जंगबहादुर थापाले आफुलाई बताएको सुदुरपश्चिम प्रदेश सभाका प्रमुख अर्जुन बहादुर थापाले उक्त पुस्तकमा लेखेका छन्।
तिर्थबाट फर्किपछि जंगबहादुरले छरछिमेकीलाई बोलाएर तीथ्र्या भोज खुवाए छन्। केही दिनपछि दुई बर्षसम्म राईकोशाको रोकिएको रजस्वला पुनः सुरु भएको कुरा पुस्तकमा लेखकले लेखेका छन्। त्यसपछि सन्तान जन्मिने आशा टुसायो।
राईकोशाको गर्भधारण समेत भएछ। अव राईकलाले छोरा जन्मिाउने निश्चित जस्तै भएको थियो। गाउँमा हल्ला फैलियो सायद तीर्थ पनि फल्यो भनेर। विस २०१० साल चैत २४ गते मंगलवार विहान ८ बजे सुदुरपश्चिम प्रदेश सभा प्रमुख अर्जुनबहादुर थापाको जन्म भयो। जंगबहादुरले मलाई पहिलो पुत्रका रुपमा प्राप्त गरेको शब्द पुस्तकमा उल्लेख छ। गाउँमा शुभ समाचार एक कान दुईकान हुँदै मैदान भयो। कान्छा मुखियाको ५२ बर्षको उमेरमा तीर्थ फल्यो,तीर्थ यात्रा फल्यो भनेर गाउँमा चर्चा चल्यो।
संयोजक बश बझाङ जिल्लाकै प्रसिद्ध ज्योतिषी (मैस्या बैदार) गाउँमै आएका थिए। जंगबहादुरले गाउँमा आएको थाहा पाएपछि ज्योतिषी हर्कबहादुर जोशी लाई बोलाएर जन्म कुण्डली बनाउन लगाए। घरको आगनमै बसेर धुलौटोमा जोखना कार्यो।ज्योतिषीले जन्मेको समयको हिसाव ठिक मिलायो। गाउँमा मागल गाउन थाले। सवैले बालक अर्जुनबहादुरको विषयमा सुन्न उत्सुक्ता जाग्यो।
ज्योतिषीले बालकक दुखी विरामी केही हुने छैन,बालकलाई एक पटक स्कुलमा पढाई दिनु, पढाईमा राम्रो हुने छ,राजपाट पनि गर्ने छ,सामाजिक सेवा लाग्ने छ, कुलमा ठुलो मान्छे बन्ने छ यो कुरा सुनेपछि गाउँलेहरु खुसी भएको तीर्थ प्रसादको जीवन यात्रामा उल्लेख गरिएको छ।
अर्जुन बहादुथापाले विस २०२३ सालमा लामातोला प्राविबाट कक्षा ५ सम्मको अध्ययन पुरा गरे। त्यसपछि सत्यबादी मावि भोपुरबाट २०२८ मा एसएलसी, २०४२ किर्तिपुर बहुमुखी क्याम्पस काठमाडौंबाट विएड गरेपनि स्नाकोत्तर भने विभिन्न कारणले थापाले गर्न सकेन। अध्ययन गदैै गर्ने बेला आमाको विस २०३४ सालमा आमाको स्वर्गबास र बुवाको घटनाक्रमका बारेमा लेखक थापाले लेखेका छन् भने देवाली गाउँपनि आफैले राखेको बताएका छन्।
पारिवारी पृष्ठभुमी शिक्षण पेशा नभएपछि अर्जुन बहादुर थापाले भने गाउँमा शिक्षाको ज्योति छर्नका लागि लामातोलामा प्राथमिक विद्यालय स्थापना गरे। लेखक थापाले गाउँको शैक्षिक समस्या र काठमाडौं अध्ययनका क्रममा भोगेका कठिनाई, राजनीतिक यात्राका कुराहरु पुस्तकमा उल्लेख गरेका छन्। थापा पठाईमै अब्बल भएकै कारण प्रशासनीक तर्फको नायव सुव्वा, नेपाल बैक लिमिटेडमा नाम निकाल्न सफल भएका थिए।
थापाले २७ बर्ष लामो जीवन यात्रा शिक्षण पेशामै लागेर विताए। थापाले बझाङमा शैक्षिक क्षेत्र सफल बनाएर छोडे। २०३६ सालमा जनमत संग्रहमा बहदल पक्षको प्रचारक,२०३७ मा नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङको संस्थापक सह सचिव, २०४१ म किर्तिपुर बहुमुखी क्याम्पसको अनेरास्ववियु प्राक सदस्य, २०४७ मा नेकपा मालेको जिल्ला पार्टी सदस्य ,०४७ देखि ५० सम्म नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङ अध्यक्ष रहेका थिए।
शिक्षण पेशाबाट विदा लिएपछि २०५२ सालमा तत्कालिन सिंह दरवारमा बम काण्ड घटना भयो। थापा त्यही बेला गिरफ्तार भई हिरासतमा रहेका थिए। २०५६ सालदेखि तत्कालिन एमाालेमा पुर्णकालिन जीवनमा होमिएका थिए। ०५६ कै आम निर्वाचनमा बझाङ क्षेत्र नम्बर १ तत्कालिन नेकपा एमालेबाट टिकट पाएपनि पराजित भए। २०६२ साउन २१ गते जिल्ला कमिटीमा सचिवको जिम्मेवारी सम्हाले।
२०७० सालमा तत्कालिन एमाले सेती अञ्चल समन्वय कमिटी सदस्य, २०७४ मा संघीय र प्रदेशको निर्वाचन भयो। थापाले प्रदेशका लागि बझाङ निर्वाचन क्षेत्र नम्बर १ बाट टिकट पाएका थिए। थापाले १७ हजार ८ सय ६८ मत ल्याएर विजयी भएर प्रदेश सभा सदस्य भए। २०७४ मंसिर १० र २१ ग्ते प्रदेश सभाको निर्वाचन सम्पन्न भएपछि प्रदेश सभाको निर्माण भयो।
२०७४ माघ २९ गते प्रदेश सभाको दोस्रो बैठकले प्रस्तावकमा दिर्घ सोडारी, समर्थकमा त्रिलोचन भट्ट रहेको प्रदेश सभामा थापालाई प्रदेश सभाको सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मत स्वीकृत भएसँगै सभामुखको जिम्मेवारी सम्मालेका छन्। थापाले लेखेको पुस्तकका बारेमा साहित्यकार रामलाल जोशीले पुस्तकमा शिक्षाका ज्योति जयपृथ्वीबहादुर सिंहको बारेमा र बाल्यकालसँग आमाको मायामा रमाएका कुराहरु उल्लेख नभएको टिप्पणी गरेका छन्।