दार्चुलामा ट्राफिककाे सक्रिया बढेसँगै राजस्व संकलनमा वृद्धि, चालु आर्थिक वर्षको ७ महिनामा ७ लाख बढी राजस्व

0

ललित सामन्त
दार्चुला-जिल्ला ट्राफिक प्रहरी कार्यलय दार्चुलाले चालू आर्थिक २०७७/ ७८ को ७ महिनामा ७ लाख भन्दा बढी राजस्व संकलन गरेको छ। ट्राफिक सक्रियता बढेसंगै जिल्लामा राजस्व समेत बृद्धि हुन थालेको हो।जिल्ला ट्राफिक प्रहरी कार्यलय दार्चुलाका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा १ सय ३९ वटा सवारी कारबाहीबाट ७८ हजार ५ सय रुपैँया राजस्व संकलन गरिएको छ।

आर्थिक वर्षको भदौ महिनामा १ सय ३१ वटा सवारी साधन कार्वाहीबाट ८४ हजार राजस्व संकलन गरिएको जिल्ला टा«फिक प्रहरी कार्यालय दार्चुलाका हवल्दार इन्द्रसिह डागाले बताए। यस्तै आर्थिक वर्षको असोज महिनामा १ सय ८९ वटा सवारी साधन कारवाहीबाट १ लाख २ हजार ५ सय रुपैँया, कात्तिक महिनामा १ सय १५ वटा सवारी साधन कार्वाहीबाट१ लाख १५ हजार ५ सय रुपैँया, मंसिर महिनामा २ सय ११ वटा सवारी साधन कार्वाहीबाट १ लाख ३९ हजार, पुस महिनामा १ सय ४४ वटा सवारी कार्वाहीबाट ९६ हजार रुपैयाँ, तथा आर्थिक वर्षको माघ महिनामा १ सय ८६ वटा कार्वाहीबाट १ लाख १५ हजार गरी कुल ७ लाख ३० हजार ५ सय रुपैँया राजस्व गरिएको छ।

ट्राफिक नियमहरुको पालना नगर्ने १ हजार १ सय १५ वटा साना तथा ठूला सवारीलाई चेक जाँच गरी कार्वाही गरि उक्त रकम संकलन गरीएको डागाको भनाई छ। यो अवधिमा सबैभन्दा धेरै जीप कार्वाहीमा परेका छन्।पछिल्लो समय दिनहुँ जसो छड्के चेकिङ्ग र ट्राफिकको सक्रियताको कारण दुर्घटनामा समेत कमी आएको आउन थालेको जिल्ला ट्राफिक कार्यलय दार्चुलाको दावी छ। आफुहरुको सक्रियताको कारण लापरवाहि गर्ने चालकहरुलाई अपराध सम्बन्धी सावर्बजनिक मुद्धा समेत चलाईएको उनको भनाई छ।

दार्चुलामा प्रायजसो सबारीसाधन अनुमति पत्र लाईसेन्स नभई सबारी साधन चलाउनेहरु कारवाहीमा परेका छन्। त्यस्तै क्षमताभन्दा वढी समान तथा यात्रु वोक्ने, मादक पदार्थ सेवनगरी सवारी चलाउने, समयमा सवारी मर्मत नगराउने र सवारीको अवस्था राम्रो नभएका चालकहरुलाई कार्वाही गरिएको छ।