शंकरपुर पस्तीमा खुल्ला क्रिकेट प्रतियोगिता संचालन हुदैँ

0

दार्चुला- दार्चुलाको मालिकार्जुन गाउँपालिकामा खुल्ला क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ। महाशिवरात्रीको अवसरमा वडा खेलकुद विकास समितिको आयोजनामा यहि फागुन १३ गते देखि प्रतियोगिता संचालन हुने आयोजकले जनाएको हो।

खेलकुद क्षेत्रको विकासका लागि संचालन हुन लागेको क्रिकेट प्रतियोगिता फागुन १५ गते सम्म संचालन हुने वडा खेलकुद विकास समितिका अध्यक्ष तथा युवा समाजसेवी तारादत्त पन्तले जानकारी दिए। खेल मालिकार्जुन ८ पस्तीमा संचालन हुने छ। प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने टिमले नगद २५ हजार ५ सय ५५ सहित मेडल र प्रमाण पत्र पाउने छ। त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने टिमले मेडेल, प्रमाण पत्र सहित ११ हजार १ सय ११ नगद प्राप्त गर्ने आयोजक समितिका सदस्य अशोक खत्रीले बताए। खुल्ला क्रिकेट प्रतियोगितामा टिम दर्ता शुल्क ३ हजार ३ सय ३३ रुपँया रहेको छ। उक्त प्रतियोगितामा सहभागि हुने टिमले फागुन १२ गते सम्म टिम दर्ता गर्न सक्ने बताइएको छ।

प्रतियोगितामा सहभागि हुने टिमले फोनबाट पनि टिम दर्ता गर्न सक्ने आयोजकले जनाएको छ। त्यस्तै प्रतियोगिता खेलाइने सम्पूर्ण खेलहरु नकआउट चरण खेलाई आयोजकले जनाएको छ ।