दार्चुलामा “एक बिद्यालय एक नर्स कार्यक्रम” का लागि ३ वटा विद्यालय छनोट

0

ललित सामन्त
दार्चुला-दार्चुलाका तीन स्थानिय तहरुमा “एक बिद्यालय एक नर्स कार्यक्रम” कार्यान्वयनका लागि ३ वटा विद्यालयहरु छनोट भएका छन्। जिल्लाको मार्मा गाउँपालिकाले ३ अन्तर्गत पर्ने लटिनाथ मावि रस्कोट, दुहुँ गाउँपालिका ३ स्थित जनविकास मावि बारबाज र नौगाड गाउँपालिकाको ४ मा रहेको गणेश विनायक मावि सिप्टी छनोटमा परेका हुन्।

स्थानिय तहहरुले बिद्यालय छनोट गरेसँगै बिद्यालयमा नर्स खटाउने तयारीभएको स्वास्थ्य कार्यालय दार्चुलाका जनस्वास्थ्य अधिकृत जय राज भट्टले जानकारी दिए। जनस्वास्थ्य अधिकृत भट्टका अनुसार नियुक्ती प्रक्रिया सकिएकोले स्थानिय तहले छनौट गरेको बिद्यालयमा नर्सहरु पठाउने तयारी काम भईरहेको छ। सो कार्यक्रमले किशोर किशोरीलाई स्वास्थ्य सल्लाह प्रदान गर्न सहज हुने विश्वास लिईएको छ।

किशोरीहरुलाई आइरन चक्की खुवाउन, यौन तथा प्रजननको बारेमा जानकारी दिन र अन्य आवस्यक स्वास्थ्य सल्लाह प्रदान गर्नको लागि सरकारले नै घोषणा गरको “एक बिद्यालय एक नर्स कार्यक्रम” कार्यान्वयनमा लैजान लागिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ। अन्य बिद्यालय तथा पालिकाहरुमा पनि यो कार्यक्रम आगामी वर्षमा सञ्चालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ।