केशब भट्ट, कञ्चनपुर– कञ्चनपुरको बेलौरीका कृष्णप्रसाद भट्टले क्रिकेटको स्तरीय विकासका लागि क्रिकेट एकेडमीको सञ्चालन गरेका छन्। बेलौरीको रिछाहामा भट्टले आफ्नै लगभग २ कट्टा जमिनमा बेलौरी क्रिकेट एकेडमी सञ्चालनमा ल्याएका हुन्। एकेडमीमा भोलीबाट प्रशिक्षण सुरु हुने सञ्चालक भट्टले बताए। आज एक कार्यक्रमका बिच उद्घाटन भएको क्रिकेट एकेडमीमा ५० भन्दा बढी प्रशिक्षार्थी रहेको सञ्चालक भट्टले बताए। “अहिले ५० जना प्रशिक्षार्थी छन् थपिने क्रम जारी छ, उनले भने, “दक्ष प्रशिक्षकद्धारा प्रशिक्षार्थीहरुलाई सिकाउने छौँ, क्रिकेट सिक्नका लागि अव बाहीर जानुपर्ने छैन।”

कञ्चनपुरको दक्षिणी क्षेत्रमा पहिलोपटक क्रिकेट एकेडमी स्थापना भएकोमा युवाहरुले खुसी व्यक्त गरेका छन्। बेलौरी नगरखेलकुद विकास समितकिा निवर्तमान अध्यक्ष लक्ष्मण दियालले क्रिकेट एकेडमी स्थापना भएर यस क्षेत्रका खेलाडीहरुमा स्तरीय खेल बनाउन सहयोग पुग्ने बताएका छन्। क्रिकेट एकेडमीको सञ्चालनले अन्य खेलमा समेत यस क्षेत्रका खेलपे्रमीको चाँसो बढ्नेछ। “आज क्रिकेट एकेडमी स्थापना भयो, अगामी दिनहरुमा फुटबल, भलिबल तथा अन्य खेलहरुको एकेडमीको स्थापना हुनेछ, उनले भने, “यसरी कञ्चनपुरको दक्षिणी क्षेत्र खेलकुदमा स्तरीय बन्ने लाग्दछ।”

यसअघि क्रिकेट सिक्न अन्यत्र ठाउँ जानुपर्ने भएकाले सबैले सिक्ने अवसर नपाएको खेलप्रेमी दिपेन्द्र प्रसाद भट्टको भनाई छ। उनका अनुसार अब यस क्षेत्रका क्रिकेटमा रुचि भएका युवाहरु तथा बालबालिकाहरु खेल सिक्न सक्नेछन्। खासगरी यसक्षेत्रका विद्यालयमा अध्ययनरत महिला तथा बालबालिकाहरुलाइ क्रिकेट सिकाउने उद्येश्य रहेको भट्टले बताए। बालबालीकाहरुको सानै उमेरदेखि स्तरीय खेलको विकास गर्न एकेडमी स्थापना गरिएको भट्टले बताए। “अध्ययनरत विद्यार्थीहरुको क्रिकेटमा बढि चासो छ,”सञ्चालक भट्टले भने, “उनीहरुलाई बढि प्राथमिकता दिइने छ, भविष्यमा यस क्षेत्रलाई खेलकुद जगतमा चिनाउने आधार पनि अध्ययनरत विद्यार्थीहरु नै हुन।”

लगभग ६ लाखको लगानीमा सञ्चालनमा ल्याइएको एकेडमीमा ३ वटा क्रिकेट खेल्न बनाइने पिचको व्यवस्था रहेको छ। यो यस क्षेत्रका लागि प्रयाप्त रहेको भट्टले बताए। प्रशिक्षार्थी बढि भएमा पिच बढाउन सकिने किसीमले स्थापना गरिएको उनले बताए। उनले ५ वटासम्मा पिच बनाउन सकिने बताए।

एकेडमीमा क्रिकेटका सम्पूर्ण सामग्री उपलबध रहेको उनले बताए। क्रिकेटका सामग्रीहरु गुणस्तरीय तथा सस्तो उपलब्ध रहेको बताए। कञ्चनपुरको दक्षिणी क्षेत्रमा पहिले क्रिकेट एकेडमी बेलौरी क्रिकेट एकेडमी बिसीए सञ्चालनमा आएको हो।