एकदिवसीय सिरिज स्थगित

0

काठमाडौं-आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको नेपाल, ओमान र अमेरिकाबीचको एकदिवसीय सिरिज स्थगित भएको छ।आइसीसीले कोरोना महामारीलगायतका कारण देखाउँदै हाललाई उक्त सिरिज स्थगित गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ।

ओमान सिरिजका लागि क्यानले ३२ खेलाडीलाई डेढ साता अघि बन्द प्रशिक्षणमा बोलाएको थियो। यसअघि नेपालले आगामी चैत ६ देखि १५ गतेसम्म ओमानमा त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने मिति तय गरिएको थियो।

लिगमा हालसम्म नेपालले चार खेलमा चार अङ्क जोडेको छ। नेपाल लिगको छैटौँ स्थानमा छ। अमेरिका १२ खेलमा १२ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा ओमान १० खेलमा १६ अङ्कका साथ लिगको शीर्ष स्थानमा रहेको छ। रासस