आइपिएल अक्सनः नेपालबाट सन्दीप लामिछाने छानिए, न्युनतम मूल्य ४० लाख भारू

0

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को चेन्नाईमा हुने अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्रै छनोट भएका छन्।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले बिहीवार सार्वजनिक गरेको सूचीमा नेपालबाट सन्दीप मात्र परेका हुन्। यही फेब्रुअरी १८ मा हुने आईपीएल अक्सनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले ८ नेपाली खेलाडीको नाम सिफारिस गरेको थियो। प्रारम्भिक सूचीमा नेपालबाट सन्दीपसहित दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर र अभिनास बोहराको नाम दर्ता भएको थियो। बीसीसीआईको सूचीमा विश्वभरबाट २ सय ९२ खेलाडी परेका छन्।

अक्सनका लागि १ हजार १ सय १४ जनाको नाम दर्ता भएकोमा २९२ लाई अक्सनका लागि सूचीकृत गरिएको बीसीसीआईले जनाएको छ।