प्यागोडा शैलीमा निर्मित उग्रतारा मन्दिर

0

कैलाली-सुदूरपश्चिमको डडेल्धुरा भौगोलिक रूपमा जति विकट भनेर चिनिन्छ।प्राकृतिक रूपमा उत्तिकै रमणीय पनि छ।अमरगढी नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा दशरथ चन्द राजमार्गसँग जोडिएको डाँडोमा कलात्मक शैलीमा बनाइएको महाशक्ति पीठ उग्रतारा मन्दिर छ।

यो डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर दूरीमा पर्छ। प्रकृतिको उपहारसँगै यस क्षेत्रमा धार्मिक पर्यटनका पनि आकर्षक गन्तव्यहरू छन्।सूदूरपश्चिमका ९ भगवतीका मन्दिरहरूमा एक मन्दिर मानिन्छ। उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ।

उग्रतारा मन्दिरको उत्पति सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन प्रसिद्ध शक्तिपीठ डडेल्धुराको उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष कात्र्तिक शुक्ल पूर्णिमाको रातमा र दोस्रो दिन पूजाआजा गर्ने गरिन्छ। खनमडा, छचोडा, दुमडा र जिलोडा चारवटा गाउँबाट बिहान ‘देउरा’ आएपछि दिउँसो मेला सुरु हुने लोकराज भट्ट बताउँछन्।

यहाँ ‘देहीजाँत’ का नामले ठूलो मेला लाग्छ। सुदूरपश्चिमका विभिन्न जिल्ला लगायतका ठाउँबाट सहभागी मेलामा सहभागी हुने गर्छन्। उग्रतारा भगवती मेलामा यस क्षेत्रमै सबैभन्दा ठूलो मेला लाग्दछ। बिहान चार बजे धार्मिक परम्परागत रुपमा दाइना दमाह, रुईसिंग, विकुल, भोकर, शंक, घण्ट बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोलीसहित देउरो उग्रतारा मन्दिरमा पगेसँगै भगवती माताको पूजा सुरु हुने गरेको उनी बताउँछन्।

किम्बदन्तीअनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर सेतो ढुंगा डाँसीबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको मान्यता रहेको उनी बताउँछन्।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here