सम्मानीय राष्ट्रपतिज्यू,
बैतडी- बैतडीको दोगडाकेदार वडा नम्बर ७ मा भएको घटनाले आज सम्मानीय राष्ट्रपतिज्यूलाई सम्झने मन लाग्यो । हाम्रो देशमा दिन–प्रतिदिन थुप्रै घटनाहरु भइरहेका छन् । किशोरीमाथि हिंसा भइरहेका छन् । सरकार किन कानमा तेल हालेर सुतेको छ ?कहिले निर्मला, कहिले सम्झाना, कहिले भागरथी, कहिले अन्य गर्दा–गर्दै नर पिपासुहरुको सिकार हुनुपर्ने, हामीहरुले आखिर कहिलेसम्म असुरक्षित बस्नु पर्ने हो ?
नेपाली चेलीहरुले कहिलेसम्म अराजकता सहने ? अनि कहिलेसम्म किशोरीले शोषित र बलात्कारको पीडा सहनुपर्ने हो ?ब-लात्कार गरेर हत्या गर्दासम्म पनि मेरो देशमा कानुन छैन। पीडितले न्याय पाउँदैन किन? बुधबार बिहानै स्कुल जान्छु भनि हिँडेकी बहिनी बेलुकासम्म पनि फर्किनन्, घरमा आमा मात्र थिइन्। दाइ विदेशमा थिए अनि बुवा बितेको दुई महिना पनि भएको थिएन। परिवार शोकमा थियो, आमाको लागि साहारा भागरथी बहिनीमात्र थिइन् ।त्यो दिन बेलुकीसम्म पनि घर आइनन् भारथी, आमा बाटो कुरिरहेकी थिइन्।
आमाले पो समयलाई पर्खेको तर समयका पर्खिन्थ्यो, समय बित्दै गयो । रात पनि सकिएर उज्यालो भयो। तर, छोरीको भन्ने अत्तोपत्तो छैन। बाबुले पनि छोडेर गएको आमाको लागि साहारा भनेकै त्यही छोरी, जो आमालाई पर्खाएर आफू भन्ने फर्किनन् ।केही बन्न, केही सिक्न, केही गर्न र भविस्य बनाउन विद्यालय गएकी छोरीहरुको यस्तो हालत हुन्छ भने भोलिका दिनमा आमाबाबुले छोरीहरुलाई स्कुल पठाउादैनन्।
हामी छोरीहरुको के हाल होला ।सम्मानीय राष्ट्रपतिज्यू, हजुर राष्ट्रपति जस्तो गरिमामय पदमा हुनुहुन्छ। यस्ता बालिकाहरुको बलात्कारपछि हत्या भएको खबर सुन्दा हजुरको कति पनि पीडा हुँदैन कि? पीडा हुन्छ भने किन न्याय दिन पहल गर्नुहुन्न? किन यस्ता केसहरुलाई लिएर लड्नु हुन ?जिन्दावाद र मुर्दावादको राजनीतिलाई छोडेर महिला र बालबालिकाका लागि किन वकालत गर्न सक्नुहुन्न? हजुरलाई राष्ट्रपति बनाउन लाखौं करोडौं महिलाहरुको साथ सहयोग थियो । त्यो सहयोगलाई यति चाँडै कसरी बिर्सनु भो राष्ट्रपतिज्यू…।
सम्मानीय राष्ट्रपतिज्यू हजुरलाई मेरो बिन्ती छ, निर्मला, सम्झाना र भागरथी जस्ता कयौं केसहरुमा वकालत गर्नुस्। पीडितलाई न्याय दिलाउनुस् । अपराधीलाई कडाभन्दा कडा कारबाही गर्नुस् । ब-लात्कारीलाई फाँसी दिनुस् । साँच्चिकै हजुर महान राष्ट्रपति बन्नु हुनेछ।
पशुपति जोशी (पुजा)
दशरथ चन्द नगरपालिका–ग्वाल्लेक, बैतडी ।