राधाकृष्ण मन्दिर श्रीमद्भागवत धर्म सेवा समितिको अध्यक्षमा जोशी

0

कैलाली-कैलालीको घोडाघोडीस्थित राधाकृष्ण मन्दिर श्रीमद्भागवत धर्म सेवा समितिको अध्यक्षमा लक्ष्मी राज जोशी चयन भएका छन्। बुधबार मन्दिर प्राङ्गणमा भएको सेवा समितिको सातौँ साधारण सभाबाट जोशी आगामी ४ वर्षका लागि निर्विरोध चयन भएका हुन्।

समितिको उपाध्यक्षमा लक्ष्मी प्रसाद न्युरे ,सचिवमा लक्ष्मी प्रसाद भट्राई ,कोषध्यक्षमा गंगाराम जैशी, सहसचिवमा नरेन्द्र उपाध्याय र अन्य २ जना सदस्य गरि८सदस्यीय समिति गठन गरिएको छ।साथै मन्दिर परिसरमा धर्मशाला निर्माणको तयारी भइरहेको पनि जानकारी गरेको छ। धर्मशाला निर्माणका लागि डिपिआर को प्रकृया अगाडी बढाइएको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here