कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ। श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमको भीमदत्त नगरपालिकाले आर्थीक बर्ष २०७७/०७८ को कार्यक्रम माघ २० गतेबाट वडा नम्बर १ मा सुरुवात गर्ने नगरपालिका रोजगार शाखा प्रमुख केशब बिष्टले बताए।
अर्धदक्ष कामदार रहने कार्यक्रममा ज्यालदारीका तरिकाबाट योजनामा रोजगार प्रदान गरिने बताइएको छ। यस अन्तर्गत नगरपालिकाका भौतिक पूर्वाधार, शिक्षा जस्ता सामूदायिक योजनाहरुमा रोजगार प्रदान गरिने छ। कार्यक्रम अन्तर्गत १ सय दिन रोजगारी प्रदान गरिने रोजगार शाखा प्रमुख बिष्टले बताएका छन। उनका अनुसार प्रत्येक दिन काम गरेवाफत ५ सय १७ रुपैया कामदारले पाउने छन।
यस कार्यक्रममा वडा नम्बर १ मा ४४ जनाले १ सय दिन रोजगार पाउने बताइएको छ। माघ २० गते १ नम्बर वडामा सुरु गरी फागुन भित्रमा अरु वडाहरुमा पनि कार्यक्रम लागु गर्ने योजना रहेको उनले बताए। वडा नम्बर १ मा पदमार्ग निर्माणको काम गरिन लागेको बिष्टले बताएका छन।