केशवराज जोशी- वेलौरी कलुवापुर राजमार्ग चार दशक वढी समयदेखी निर्माणाधीन छ। शाही शुक्लाफाँटा शिकार आरक्षको स्थापना र तिव्र विस्तारका कारण सदीयौ पुराना मूलवाटाहरु आरक्ष भित्र पर्नाले तथा २ दर्जन वढी गाउँ वस्तीहरु विस्थापित हुँदा कञ्चनपुर जिल्लाको उत्तरीभेग र दक्षिणी भेग आवत जावत असहज भयो।

पुर्व पश्चिम राजमार्र्ग गड्डाचौकी अत्तरीया खण्ड बनिनसकेको अवस्थामा महेन्द्रनगर–वेलौरी–धनगढी आवतजावत पनि असहज भयो। त्यसैले शुक्लाफाँटा शिकार आरक्षित वनवाहिर पर्नेगरी राजमार्ग देखी दक्षिण भारत सिमाना सम्म पुग्ने सडक निर्माण गर्नु राजनैतिक, प्रशासनिक, आर्थिक,व्यावशायिक, समाजिक, साँस्कृृतिक तथा पर्यटकीय आदि दृष्टिले अपरिहार्य भयो।

आरक्षवनको नयाँ विस्तारित क्षेत्र अर्जुनी देखी पूर्व कलुवापुरवाट दुलनीया, वन्साहा, कालागौडी, ढक्का, चान्देव, मैनाहा, शान्तीपुर, वेलौरीवजार, प्रेमनगर, भूराकोट, वैशाखा, वेलौरी भन्सार हुँदै नेपाल भारत सिमाना भारत तर्फको खजुरीया पुरनपुर सवहाइवेसित मिल्नेगरी झन्डै ३१ कि.मि.लम्वाई भएको बेलौरी कलुवापुर सडक रेखाङ्कन भै २०३५ सालमा सुभारम्भ भयो।

सडकको स्थिति अवस्था वेवारीसेपनका सम्वन्धमा केही वुँदाहरुवाट अवगत हुन सक्छ ।

१) कलुवापुर देखी ट्रेक खोल्ने काम सुरु भयो।
२) २०४०–२०४२ सम्म जङ्गल क्षेत्रका सडकमा पर्ने सडक निर्माणमा अवरोध पु¥याउने रुखहरुको कटान भयो।
३) २०४० साल सम्म स–साना पूलपुलेसा वनेर नेपाल भारत सिमाना सम्मनै माटाको काम पुराभयो।
४) २०५८ साल सम्म स्याली नदीमा सिङ्गललेन पूल वन्यो।
५) २०६५ साल सम्म कलुवापुर क्षेत्र र वेलौरी क्षेत्रमा उपभोक्ता समिति एवं साना ठेक्का मार्फत केही भाग कालो पत्रे भयो।
६) २०६५ साल सम्म एक चरणको ग्रेभल कार्य पनि पुरा भयो।
७) २०७४ साल सम्म वैशाखा नालामा सिङ्गल लेनको ६२ मिटर लामो पूल वन्यो।
८) २०७३ आषाढमा सिङ्गललेन सडक पिच गर्न लगभग १८ करोडमा सन्तोषी ठेगिम जेभीलाई ठेक्का प्राप्त भयो।
९) २०७३ भदौ १७ गते ठेकेदार कम्पनीले नेपाल भारत सिमा विन्दु देखी स्याली नदि सम्म वेलौरी क्षेत्रको पहिलो प्याकेज २०७५ जेठ १५ सम्म पिच गरी सक्ने र दोस्रो प्याकेज कलुवापुर देखी नदि सम्म २०७५ आषाढ १५ सम्म पिच गरी सक्ने गरी नेपाल सरकार सित सम्झौता ग¥यो।
१०)२०७३ माघ १० मा वेलौरी भन्सार परिसर छेउमा शिलान्यास भै कार्र्यारम्भ भयो।
११)२०७५ जेठ सम्म पहिलो प्याकेज अन्तर्गत वेलौरी क्षेत्रको चान्देव वजारको आधा कि.मि.जतिमा ग्रेभल विछाउने काम तथा खुला नाली र निकुन्जको ढक्का पोष्ट क्षेत्रमा हचूम पाइपकल्भर्ट निर्माण गरेको मात्र देखीयो।
१२)२०७५ आषाढ १५ सम्म दोस्रो प्पाकेज अन्तरगत पर्र्ने वन्साह क्षेत्रमा प्रहरी पोष्ट आसपास देखी वन्साह वजार सम्म १ कि.मि. जति क्षेत्रमा ग्रेभल विछाउने कामका साथै खुलानाली निर्माण भयो।
१३)लगभग २८ करोड लागत स्टीमेट भएको सडक निर्माणका लागि लगभग ३६ प्रतिशत घटीमा २०७५ जेठ÷आषाढ भित्र निर्माण पुरा गर्र्ने गरी लगभग १८ करोडमा ठेक्का कवूल गर्र्ने निर्माण कम्पनीको कार्य प्रगति निराशाजनक देखीयो।
१४) सुदुर पश्चिम प्रदेशको पूर्वाधार कार्यालय मात्र स्थापना भएको तर प्राविधिक जनशक्ति व्यस्थापन नभएकै अवस्थामा नेपाल सरकारले हचुवा भरमा २०७५ माघमा यस राजमार्ग निर्माणको जिम्मा सुदूर पश्चिम प्रदेश सरकारलाई सुम्पनुले राजमार्ग निमार्ण कार्र्य अलपत्रमा प¥यो।
१५)ठेक्का अवधि पहिलेनै नाघी सकेको हँदा सुदूर पश्चिम प्रदेश सरकारले २०७६ मा म्याद थपका लागि प्राविधिक कारण देखाई सडकविभाग फिर्र्ता पठायो।
१६)२०७७ आषाढमा २०७७ फागुन सम्म सम्पूर्ण काम सक्ने सर्तमा म्याद थपिएको कुरा सुन्नमा आयो।
१७)२०७७ साउन भदौमा पहिलो प्याकेज अन्तरगतको वेलौरी क्षेत्रमा पर्ने भन्सार आसपासमा ६५० मिटर सिङ्गल लेन सडक आर सी सी ढलान गरीयो। २०७७ मंसीर सम्म वेलौरी वजार देखी शान्तीपुर सम्मको लगभग डेढ कि.मि. कालो पत्रे गरिएको छ । हाल दुवै प्याकेजका विभिन्न स्थानमा काम चालु देखिन्छ।
१८)पहिलो प्याकेजमा परेको वेलौरी भन्सारदेखी नेपाल भारत सिमा सम्मको लगभग ७०० मिटर क्षेत्रमा भने हाल सम्म केही काम भएको छैन र भैरहेको पनि छैन।
१९)वेलौरी कलुवापुर राजमार्गको कुनैपनि निर्माण स्थलमा ठेकेदार कम्पनीको नाम, सडकको लम्वाई, सडक निमार्र्ण चौडाई पिचको किसिम, निर्माण अवधि, कवूल गरेको ठेक्का रकम लागत स्टीमेट, सञ्चालन रेखदेख र निर्माण गर्ने निकायको नाम आदि अत्यन्त जरुरी सुचनाको विवरण भएकोे सुचना पाटी छैन जसले गर्दा सरोकार वाला सवैमा अन्यौल र भ्रम पर्र्न गएको छ प्रस्तुत गरिएका बुँदाहरु पनि देखे सुनेका भरमा लेखीएका हुन।
२०) तराई मदेशमा पूर्र्व पश्चिम राजमार्ग देखी विभिन्न वस्ती र वजार भएर नेपाल भारत सिमा सम्म पुगेका दर्जन वढी राजमार्गहरु ६ लेन वा ४ लेनमा स्तरोन्नत भैसकेका छन्। कोही निर्माणाधीन छन् तर वेलौरी कलुवापुर राजमार्ग आज सम्म पनि सिङ्गल लेन निमार्ण कार्यमा समेत अस्तव्यस्त र अन्यौलमा परेको छ।
२१) निर्माण कार्यमा भएको चरम लापरवाही ढिलासुस्ती वेवास्ता र उपेक्षाले वेलौरी क्षेत्र कञ्चनपुर जिल्ला, सुदुर पश्चिम प्रदेश र सिङ्गो देशलाई क्षति वेहोर्नु परेको छ।

अन्ततोगत्वा सरोकारवाला क्षेत्रवाट निर्वाचित जनप्रतिनिधिहरु रेखदेख सञ्चालन र नियमन गर्ने निकाय सडक डिभिजन कार्यालय महेन्द्रनगर तथा प्रदेश पूर्वाधार इकाई महेन्द्रनगरको इमान्दारी, अनुशासन, प्रतिवद्धता र क्षमता प्रति प्रश्नहरु खडा भएका छन्। अलपत्र राजमार्गको दुर्दशाको दोषी को? पिडा कस्लाई ? उपाय के ? जस्ता संगीन प्रश्न उठेका छन्।

“……………….ईमान्दारी अनुशासन लगनशीलता र समपर्णमानै देशको उज्ज्वल भविश्य निहित छ ।”

केशवराज जोशी महाकाली मावि बेलौरीका पूर्व प्रचार्य हुन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here