बैतडी- बैतडी सदरमसकाम गोठालापानीमा केपी ओली निकट नेकपाले विशाल प्रदर्शन गरेको छ। जिल्लाका १० वटै पालिकाहरुबाट कार्यकर्ता तथा सर्वसाधारणहरुलाई सदरमुकाम ल्याएर विशाल सभाको आयोजना गरिएको हो।

उक्त सभालाई सम्बोधन गर्दै नेकपाका सुदूरपश्चिम अध्यक्ष कर्ण थापाले नेकपाको झगडा देश विकासका लागि नभई तीन जना नेताहरुको स्वार्थका लागि भएको बताए। प्रधानमन्त्री ओलीसँग मात्र देश विकासको सपना भएको दाबी गर्दै थापाले उनलाई पछारेर तीन जना नेताको स्वार्थले डामाडोलकनो अवस्था सिर्जना भएको बताए। माधव नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई राष्ट्रपति र प्रचण्डलाई प्रधानमन्त्री बन्नु परेकाले नेकपा यो अवस्थामा पुगेको थापाले बताए।

कार्यक्रममा स्थानीय नेता दामोदर भण्डारी, पुरनसिंह दयाल, लिलाधर भट्ट, पुष्करराज जोशी लगायतले सम्बोधन गरेका थिए। सदरमुकाम बैतडीमा आयोजना भएकामध्ये अहिलेसम्मकै ठूलो सभाको आयोजना गरिएको थियो।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here