कैलाली-बाजुराको त्रिवेणी नगरपालिकामा दुई दिने गाउँघर चिकित्सक शिविरसञ्चालन भएको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय र जिल्ला अस्पताल बाजुराको संयुक्त आयोजनामा दुई दिने गाउँघर चिकित्सक शिविर शुक्रवारदेखि सञ्चालन भएको हो।
विरामी भएर पनि आर्थिक अभावले उपचार गर्न नपाएका विरामीका लागि सो शिविर सञ्चालन गरिएको नगरपालिकाले बताएको छ। शुक्रवार मात्र २ सय जनाले स्वास्थ्य सेवा लिएका छन्।
नगर प्रमुख रामसिंह रावलले जिल्ला अस्पताल बाजुराबाट गएको डक्टरहरुको टोलीलाई खादा लगाएर स्वागत गरेका थिए। शिविर मा सम्पुर्ण त्रिवेणी नगरपालिकाका १ देखि ९ सम्म वडाका व्यक्तिले सेवालिन पाउने नगरपालिकाले जनाएको छ।