धनगढीका नव विवाहित दम्पतीद्वारा न्यानो लुगा र खाद्यान्न सहयोग

0

कैलाली- धनगढीमा नव विवाहित दम्पतीले न्यानो कपडा तथा खाद्यान्न वितरण गरेका छन्। धनगढी–४ निवासी रुपेश खड्काले अनाथ तथा सडकबाट उद्धार गरिएका बेसहारा महिलालाई न्यानो कपडा तथा खाद्यान्न वितरण गरेका हुन्।

बाबा टेलिभिजन तथा केबुलका सञ्चालक समेत रहेका कैलाली उद्योग वाणिज्य सङ्घका सदस्य खड्का र उनकी श्रीमती यमुना कठयताले आइतबार बिहान सामग्री सहयोग गरेका हुन्। बिहीबार वैवाहिक बन्धनमा बाँधिएका खड्का दम्पतीले धनगढी–५ मा रहेको आमाको माया छात्रावासमा रहेका बालबालिकालाई १२ थान ब्लाङ्केट हस्तान्तरण गरेका छन् । छात्रबासमा अहिले २७ जना बालकहरू बस्दै आएका छन् । चिसो र शितलहरका समयमा न्याना कपडाले बालकहरूलाई राहत मिल्ने विश्वास उनको छ ।

यस्तै धनगढी–७ मा रहेको दृष्टि फाउण्डेशनलाई ५ बोरा चामल, १० केजी दाल, एक कार्टुन तेल र १२ केजी नुन सहयोग गरेका हुन् । फाउन्डेसनले सडकमा आउन बाध्य भएका, मानसिक समस्यामा परेका र असहाय महिलाहरूको उद्धार, उपचार, परामर्श र स्याहार गर्ने गरेको छ।फाउण्डशनकी सञ्चालिका कल्पना भट्टले खाद्यान्न प्राप्त गरेपछि नवसववाहित दम्पतीलाई बधाई तथा शुभकामना व्यक्त गरेकी थिइन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here