टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण

0

कैलाली- टीकापुर अस्पताललाई शव बाहन हस्तान्तरण गरिएको छ। नागरिकस्तरबाट संकलन गरिएको सहयोगबाट अस्पताललाई शव बाहन हस्तान्तरण गरिएको हो।
टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशन नेपालले आज एक कार्यक्रमका बिच अस्पताललाई शव बाहन हस्तान्तरण गरेको छ। टीकापुर सरोकार समूहका संयोजक वरिष्ठ पत्रकार प्रशान्त अर्याल र फाउण्डेशनका दीर्घराज उपाध्याय, पुष्कर ओझा, मानसिंह साउँदले शव बाहनको चाबी टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावललाई हस्तान्तरण गरेका हुन्।

शव बाहनको चावी हस्तान्तरण गर्दै समूहका संयोजक अर्यालले जन्मभूमिका लागि सानो सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । उनले आगामी दिनमा समेत टीकापुरका लागि विभिन्न सामाजिक अभियान सञ्चालन गर्ने योजना रहेको बताए ।

यो अभियानबाट आफू हौसिएको बताउँदै उनले सामाजिक सञ्जालमार्फत् शव बाहन खरिदका लागि आर्थिक सहयोगको घोषणा गर्दा विश्वभरि छरिएर रहेका धेरै व्यक्तिहरुले साथ दिएको जानकारी दिए ।

टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दीपक रावलले शव बाहन खरिदका लागि अभियान थालेकोमा टीकापुर सरोकार समूह र ह्युम्यानिटी फाउण्डेशनप्रति आभार व्यक्त गरे ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here