ललित सिंह सामन्त, दार्चुला- अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले स्थापना कालदेखी हालसम्म १२ करोड रुपैयाँ बढि राजश्व संकलन गरेको छ । नेपाल सरकारले २०६७ साल असाढ २८ गते राजपत्रमा सूचना प्रकाशित गरी स्थापना भएको संरक्षण क्षेत्र कार्यालयले वन क्षेत्र, यार्सागुम्बा, दण्ड जरिवाना, पदयात्रा र पर्वतारोहण शुल्क, प्रशासनिक सेवा शुल्क लगायतका क्षेत्रबाट राजस्व संकलन गरेको हो।

आर्थिक वर्ष ०६७९०६८ सालमा स्थापना भएको कार्यालयले गत आर्थिक बर्ष ०७६९०७७ सम्मको असार मसान्त सम्ममा कुल १२ करोड ३४ लाख ३६ हजार २ सय ५० रुपैयाँ राजस्व संकलन गरेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सूचना अधिकारी सन्तबहादुर मगरले जानकारी दिए।

कार्यालयका अनुसार आर्थिक वर्ष ०६७९०६८ मा ५ लाख ६१ हजार ९ सय ८० रुपैयाँ राजस्व संकलन गरेको थियो। हाल उक्त राजस्वदर हरेक आर्थिक वर्षमा बृद्धि हुँदै गइरहेको छ। कार्यालयले आर्थिक वर्ष ०६८९०६९ मा ९५ लाख ३८ हजार ६ सय ८८ रुपैयाँ, आर्थिक बर्ष ०६९९०७० मा ७८ लाख २७ हजार ६ सय ९६ रुपैयाँ, आर्थिक बर्ष ०७०९०७१ मा १ करोड २ लाख ३३ हजार ७ सय ५९ रुपैयाँ राजस्व संकलन गरेको छ।

यसैगरी आर्थिक वर्ष ०७१९०७२ मा ८६ लाख ४७ हजार ४ सय ९९ रुपैयाँ, आर्थिक बर्ष २०७२९०७३ मा १ करोड ७३ लाख ४५ हजार ४८ रुपैयाँ, आर्थिक बर्ष ०७३९०७४ मा २ करोड ३ लाख ८९ हजार ५ सय ९१ रुपैयाँ राजस्व संकलन गरेको कार्यालयको तथ्यांक छ। यस्तै गत आर्थिक बर्ष २०७४९०७५ मा २ करोड ४४ लाख १४ हजार ९६ रुपैया र चालु आर्थिक बर्ष २०७५९०७६ मा १ करोड १६ लाख ३३ हजार ३ सय १० रुपैयाँ राजश्व संकलन भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सुचना अधिकारी मगरले जानकारी दिए।

यस्तै गत आर्थिक वर्ष २०७९०७७मा १ करोड ७० लाख ४ हजार ६ सय १५ रुपैँया राजस्व संकलन भएको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ । यस्तै चालु आर्थिक वर्षको ६ महिना सम्म संरक्षण क्षेत्र कार्यालय दार्चुलाले ९० लाख ६५ हजार ६सय २९ रुपैँया राजस्व सकंलन गरेको संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ। दार्चुला जिल्ला अन्तरगत साविकका २१ गाविस तथा अहिलेको ब्यास, अपिहिमाल, नौगाड, मार्मा र दुहु गाउँपालिकाको क्षेत्र समेटेको संरक्षण क्षेत्रभित्र प्राकृतिक सौदर्यका क्षेत्रहरु, बिभिन्न प्रजातिका चराचुरङगी र जीवजन्तुहरु तथा जडिबुटीहरु पाइने गरेका छन्।

यस्तै अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय स्थापना भएको १० बर्षमा ९ ओटा मुद्धा मात्रै कार्यालयमा दर्ता भएका छन्। अखेटो पहार ओसार पसार, जटिबुटीको अबैध ओसारपसार लगायत बिषयमा हालसम्म ९ ओटा मुद्धा दर्ता भएको अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले जनाएको छ।

आर्थिक वर्ष २०७४९०७५ देखि हाल सम्म कार्यालयमा कुनैपनि मुद्धाहरु नपरेको बताइएको छ भने हाल सम्म कार्यालयले ७ ओटा मुद्धाहरु फच्र्छौट भइसकेको र दुईओटा मुद्धाहरु अनुसन्धानको क्रममा रहेको मुद्धा शाखाको तथ्याङकमा उल्लेख गरिएको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here