कञ्चनपुर- कैलालीमा जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन। कैलालीको गौरीगंगा नगरपालिका २ उदासी टोल बस्ने ३० वर्षीय कमल नेपालीलाई २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शनिबार राति पक्राउ गरिएको हो।
ती महिलालाई घर पछाडि खेतमा बोलाई करणी गरेको आरोपमा नेपालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।