चोरी मुद्दामा फरार प्रतिवादी १५ वर्ष पछी पक्राउ

0

काठमाडौ- चोरी मुद्दामा ५८ वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी १५ वर्ष पछी पक्राउ परेका छन। दोलखा भिमेश्वर नगरपालिका ५ बस्ने ४१ बर्षीय दिपक श्रेष्ठ प्रकाउ परेका हुन।

नवराज न्यौपाने सहित १० जनाको फरक–फरक जाहेरी परेको १० वटा चोरी मुद्दामा जिल्ला अदालत काठमाण्डौले उनलाई २०६३।०९।२३ गतेकोे जम्मा ५८ वर्ष कैद सजाय तोकेको थियो । त्यसयता हालसम्म फरार रहेका श्रेष्ठको खोजतलास गर्नका लागि महाशाखाबाट खटिएको विशेष टोलीले माघ ३ गते प्रक्राउ गरेको हो।

श्रेष्ठ हाल काठमाण्डौँ महानगरपालिका ६ बौद्ध बस्ने गरेको बताइएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here