नेपाल प्रहरीका १५ डिएसपीको एसपीमा बढुवा हुदै, को को हुन प्रतिस्पर्धी

0

काठमाडौ– नेपाल प्रहरीका १५ जना डिएसपीलाई एसपीमा बढुवाको तयारी थालिएको छ। पुस २९ मा गृह मन्त्रालयले ११ जना एसपीलाई एसएसपी बढुवा सिफारिस सँगै १५ वटा एसपीको पद खाली भएको हो। रिक्त १५ जना एसपी पदमा करिव तीन दर्जन डिएसपी प्रतिस्पर्धामा छन्।

२०५८ सालमा इन्सपेक्टरबाट सेवा प्रवेश गरेका डिएसपीहरु ऋषिराम कँडेल, भुवनेश्वर तिवारी, सुरेश प्रसाद काफ्ले, श्यामसिंह चौधरी, चक्रराज जोशी, अर्जुनप्रसाद तिमल्सिना, सरोज पौडेल, योगेन्द्रसिंह थापा, सुमन कुमार तिमिल्सिना, अमरेन्द्रबहादुर सिंह, सुवासचन्द्र बोहरा, दिलीप घिमिरे र वीरेन्द्र शाही एसपी बढुवाका मुख्य प्रतिस्पर्धी हुन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here