कञ्चनपुरमा प्रथम युनाइटेड खुल्ला फूटबल प्रतियोगिता हुने

0

कञ्चनपुर- कञ्चनपुरमा प्रथम युनाइटेड खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ । कञ्चनपुर जिल्ला फूटबल संघ र सुदूरपश्चिम प्रदेश फूटबल संघको समन्वयमा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा यहि माघ १२ गतेदेखि महेन्द्रनगरको खुल्ला मञ्चमा पुरुष खुल्ला युनाइटेड फूटबल आमन्त्रण कप -२०७७ हुने भएको हो।

क्षेत्रकै सबैभन्दा ठुलो धनराशि भएको पुरुष खुल्ला युनाइटेड फूटबल आमन्त्रण कपको आयोजना गरिएको कञ्चनपुर जिल्ला फूटबल संघले जनाएको छ। प्रतियोगितामा सहभागि हुने क्लबका लागि माघ १० गते साँझ ४ बजेसम्म टीम दर्ता गर्ने समय तोकिएको छ।

प्रतियोगिता नकआउटका आधारमा खेलाईने र प्रतियोगिताको च्याम्पियन हुने टिमका लागि नगद १ लाख पुरस्कार र उपविजेता वा दोस्रो हुने टिमका लागि ५० हजार नगद पुरस्कारको घोषणा गरिएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here