केशव भट्ट, कञ्चनपुर- सुदुरपश्चिका दुई बरिष्ठ देउडा गायक भोजराज भट्ट र महेश औजीको सफल शल्यक्रिया भएको छ। माघ १ गते गायक भट्टको काठमाण्डौँ स्थीत टिचिङ अस्तपताल मनमोहन कार्डियोथेरासिक सेन्टरमा मुटुको र औजीको बी एण्ड बी अस्पतालमा खुट्टाको सफल शल्यक्रिया भएको हो।

गायक भट्टले आफुलाई सामान्य हात दुख्ने समस्या भएर अस्पताल गएको थिए डाक्टरले मुटूमा समस्या हुन सक्ने बताए पछि अस्पतालमा भर्ना भएको बताए। उनले भने, शल्यक्रिया नै गर्नु पर्यो तर उपचारपछि अवस्था समान्य छ। उनले आफुलाई एक दुई दिनमै अस्पतालबाट डिस्चार्ज गर्ने बताए।

गायक भट्टको मुटुको भल्भमा जाली फेरिएको हो। भने औजीको खुट्टामा राखिएको फलामको रड निकालिएको हो। गायक औजीले संकटकालमा दव्न्द हुदाँ खुट्टामा चोट लागेको बताए । पछि खुट्टामा रिङ राखिएको र रिङले काम नगर्दा वि.सं.२०६४ सालमा फलामको रड हाल्नुपरेको बताए। २०६४ सालमा हालिएको रड समय अभाव तथा अन्य कारणले करिब एक दशकभन्दा पछि निकाल्नु परेको उनले बताए । पहिले नै निकाल्नुपर्ने रड निकाल्न ढिला हुँदा दुख्ने गरेकाले शल्यक्रिया गरेको बताए ।

दुइवटै गायकले अस्पतालमा राम्रो सेवा सुविधा पाएकोप्रति खुसि व्यक्त गर्दे आफ्नो उपचार सफल पार्ने अस्पतालका डाक्टरको टिमका साथै आफुहरुले उपचारमा रहँदा हैसला प्रदान गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरे । अगामी दिनहरुमा आफ्नो गायन यात्रामा समेत साथ सहयोगको अपेक्षा गर्दे आफुले गायन क्षेत्रमा सुदुपश्चिमको विकासका लागि समेत अगाडी बढ्ने बताए । गायक भट्टले सर्ग तारा सुनकी हार, बगन्या चौलानी लगायत थुप्रै गितहरुमा स्वर रहेको छ । औजीकोे घुम्टो तेरो चुन्नीको, कलेजी कटाउने माया लगायतका थुप्रै गितहरुकमा स्वर रहेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here