कञ्चनपुर-नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडुलाई मातृ शोक परेको छ। उनको ममतामयी माता कलशा देवी बडुको ९५ वर्षको उमेरमा कञ्चनपुरको महेन्द्रनगरस्थित आफ्नै निवासमा आज विहान निधन भएको हो।
कलशा देवीका तीन छोरा छन्। जसममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दिलेन्द्र प्रसाद बडु, महेन्द्र मावि खलंगा दार्चुलाका पूर्व प्रअ इन्द्रराज बडु र इन्जिनियर महेन्द्र प्रसाद बडु रहेका छन्।