नेपालीद्वारा विश्वको दोश्रो अग्लो के टू हिमालको सफल आरोहण, विश्व रेकर्ड कायम

0

काठमाडौं-१० जना नेपालीको पर्वतारोही टीमले इतिहास रचेका छन् । पाकिस्तानमा रहेको विश्वको दोश्रो सबैभन्दा अग्लो हिमाल केटु आरोहण गरेर उनीहरुले विश्व रेकर्ड कायम गरेका हुन्। टीमका एक सदस्य निर्मल पुर्जाका अनुसार उनीहरुले पाकिस्तानी समय अनुसार साँझ ५ बजे केटु हिमालको शिखरमा पुगेका थिए।

उनीहरुले ८ हजार ६ सय ११ मिटर अग्लो हिमाल आरोहण गरेका हुन्। अघिल्लो साता मात्र स्पेनका एक पर्वतारोही हिमाल चढ्ने क्रममा खुट्टा चिप्लिएर लड्दा मृत्यु भएको थियो।केटु हिमाल सगरमाथा भन्दा २ सय मिटर कम उचाइको छ। यो काराकोरम पर्वत श्रृंखलामा पर्दछ । पाकिस्तान–चीनको सीमामा रहेको यो केटु हिमाल ८ हजार मिटर भन्दा बढीको १४ हिमालमध्ये एक हो।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here