प्रतिनीधि सभा विघटनविरुद्ध धनगढीमा काँग्रेसकाे विरोध प्रदर्शन (फोटोसहित)

0

कैलाली-प्रतिनीधि सभा विघटनविरुद्ध नेपाली काँग्रेस क्षेत्र नम्बर ५ धनगढी उपमहानगरपालिको आयोजनामा धनगढीमा विरोध प्रदर्शन गरिएको छ। काँग्रेसको केन्द्रीय निर्णय अनुसार देशका ७५३ स्थानीय तहमा सरकारकाबिरुद्ध शनिवार विरोध प्रदर्शन गरेको हो। धनगढीको चटकपुरबाट सुरु भएको मोटरसाइकल र्याली सहितको विरोध प्रदर्शन धनगढीको क्याम्पस रोड पुगेर कोण सभामा परिणत भएको थियो।

कोण सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाश बमले कञ्चनपुरकी १३ बर्षीया निर्मला पन्तका हत्यारा सरकारको उच्च तहमा रहेका व्यक्तिका आफन्तबाट भएको आरोप लगाए। केपी ओली सरकारको न्याय हेर्दा नवराज शिलवाल सदनमा भत्ता पचाएका छन्, उनले भने, ‘रेशम चौधरीलाई नेकपा नभएकै कारण जेल हालिएको छ।’ यस्तै नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेश संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले दुई तिहाईको सरकारले देशमा लुटतन्त्र माचाएको र भ्रष्टाचारको पहरी बोकेको आरोप लगाए। केपी ओलीको सिफारिसमा राष्ट्रिपतिले संघीय संसद विघटन गर्नु असंबैधानिक र अलोकतान्त्रिक कदम भएको उनले बताए। यसैगरी धनगढी उपमहानगरपालिका मेयर नृप वडले प्रधानमन्त्री केपी ओलीलाई देशका सातै प्रदेश सरकार भंग गर्न आग्रह गरे।

प्रदेश सरकारमा भ्रष्टाचार मौलाएको भन्दै उनले प्रधानमन्त्री ओलीले प्रदेश भंग गरे आफु खुसी हुने बताए। केपी ओलीले धनगढीमा आएर केही दिन अघि गौरीफन्टाको स्तोरोउन्नती हुन्छ भन्ने हास्यास्पद कुरा गरेर जानुभयो, उनले भने, ‘नेपाली काँग्रेस पार्टी सभापति शेर बहादुर देउवाले भारत भ्रमण गएका बेला गौरीफन्टाको स्तोरोउन्नतीका लागि पहल गर्नु भएको हो।’ विरोध र्यालीमा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सदस्य, नेता कार्यकर्ता, वडा सभापति, तरुण दल, नेविसंघ लगायत भातृसंघ संगठनको उपस्थिति रहेको क्षेत्रीय सदस्य अमृत विसीले जानकारी दिए।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here