बाँके – राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत प्रवीण थापामगर मृत अवस्थामा फेला परेका छन्। अनुसन्धान विभागका सहायक सुचक समेत रहेका थापामगरको शव शुक्रबार लग्दहवा नजिकै तोरीबारीमा भेटिएको थियो।
प्रारम्भिक अनुसन्धानका आधारमा उनको टाउको र मुखमा चोटपटक देखिएकाले हत्या गरिएको हुन सक्ने प्रहरीले बताएको छ।
घटनाको बारेमा अहिले बाँके प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी सुवास खडकाले बताए। मृतकको टाउको र शरीरमा डामहरु रहेकाले हत्या गरी फालालिएको हुन सक्ने उनले बताए । घटनाको बारेमा प्रारम्भिक अनुसन्धान भैरहेको उनले बताए । उनले भने, ‘अनुसन्धानको विभिन्न पाटोलाई हामीले हेरेर अध्ययन सुरु गरिसकेको छौं । छिटै तथ्य बाहिर आउनेछ ।