नेपाल–भारत बैठक : पञ्चेश्वरको डीपीआरलाई अन्तिमरुप दिन सहमति

0

काठामाडौँ- भारतमा भएको नेपाल–भारत संयुक्तआयोगको बैठकले पञ्चेश्वरको डीपीआरलाई अन्तिमरुप दिन सहमति जनाएको छ । शुक्रबार भारतको नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको बैठकमा दुबै पक्षले सहमति जनाएको हो ।

त्यस्तै सीमा क्षेत्रमा बस्ने दुवै देशका जनताले खेप्नुपरेको समस्या बारेमासमेत छलफल भएको छ । तटबन्ध नहुँदा बाढीको असरले उनीहरू प्रभावित भइरहेकाले त्यसको समाधान गर्न थप पहल गर्ने विषयमा दुवै पक्ष संवेदनशील रहेको जनाएको छ ।

त्यसै गरी नेपालले कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन गरेको आग्रह स्वीकार गर्दै भारतीय पक्षले कोभिड विरुद्धको खोप आउनासाथ नेपालको आवश्यकताअनुसार प्राथमिकतामा राखेर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको हो ।

यस्तै बैठकले ४०० केभी बुटवल–गोरखपुर सीमापार ट्रान्समिसन लाइन विस्तारका लागि पनि सहमति व्यक्त गरेको छ ।

बैठकमा दुई देशले योजनाबद्ध ढङ्गका साथ अगाडि बढाइरहेका द्विपरियोजनालाई गति दिने विषयमा सहमति जनाएको छ । त्यसअन्तर्गत दोधारा चाँदनीमा नयाँ एकीकृत चेकपोस्ट, भन्सार चेकपोस्ट निर्माण, बाँकी सीमापार रेल्वे सेवा, सडक निर्माण, ट्रान्समिसन लाइनलगायत अन्य रहेका छन् ।

शान्ति र मैत्री सन्धि १९५० को सम्बन्धमासमेत बैठकमा समीक्षा गरिएको छ। साथै प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन बुझाउन पहल गर्ने र नयाँ हवाई रुटका बारेमा पनि थप छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here