आज ७ सय ५३ स्थानीय तहमा कांग्रेसकाे विराेध प्रदर्शन

0
file photo

काठमाडौं-प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसले आज देशभर विरोध प्रदर्शन गर्दैछ। कांग्रेसले दोस्रो चरणको आन्दोलन अन्तर्गत आज सात सय ५३ स्थानीय तहहरूमा विरोध प्रदर्शन र सभा गर्न लागेको हो ।

सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध कांग्रेसले चरणवद्ध रूपमा देशव्यापी प्रदर्शन गरिरहेको छ। कांग्रेसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ।

यसअघि कांग्रेसले दोस्रो चरणको आन्दोलनअन्तर्गत गत पुस २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here