बैतडीको सिगास गापामा गर्भवती र सुत्केरी आमालाई उपाध्यक्षको ‘कोसेली’

0

बैतडी-बैतडीको सिगास गाउँपालिकाले सुत्केरीलाई उपाध्यक्षको कोसेली वितरण सुरु गरेको छ। हजार दिने आमाको स्वास्थ्य र पोषणमा सुधार ल्याउनका लागि सुत्केरी आमाहरुलाई कोसेली वितरण गर्न थालिएको गाउँपालिकाका उपाध्यक्ष द्रोपती चन्दले जानकारी दिईन्। गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्था मार्फत कोसेली वितरण कार्य भईरहेको उनको भनाई छ।

हजार दिने आमाको स्वास्थ्य र पोषणका बिषयमा घरपरिवारका सदस्यहरु पनि जानकार होउन भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइए हो। स्वास्थ्य संस्थामा नियमित रुपमा गर्भजाँच गर्ने र स्वास्थ्य संस्थामै बच्चा पाएका आमाहरुलाई कोसेली वितरण गर्ने गरिएको छ।

कोसेलीमा २ केजी आयोडिनयुक्त नुन, १ केजी चना, १ केजी मटर, सेनेटाइजर, रुमाल र सरसफाईका सामग्री राखिएको छ। गाउँपालिकाका ९ ओटै वडामा कोसेली पुर्याउने योजना रहेको छ।

उपाध्यक्षको कोसेली कार्यक्रमले गर्भावस्था र सुत्केरी अवस्थामा आमाको हेरचाहका लागि परिवार सदस्यहरुको भूमिकालाई अझै मजबुत बनाउने ढुंगाड स्वास्थ्यचौकीका प्रमुख हेमन्तसिंह साउँदले बताए।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here