कञ्चनपुरमा एसएसवीको ज्यादती, नेपाली भूमीमा लगाएको खेती भित्र्याउन नदिँदा किसान मर्कामा

0

कञ्चनपुर-कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसानलाई भारतीय सुरक्षा बल (एसएसवी) ले उखु ढुवानीमा रोक लगाएको छ ।कञ्चनपुरको बेलौरी नगरपालिका- १० को सडकघाटस्थित पिलर नम्बर ३४ / ३५ को बिचको नेपाली भुमिमा लगाएको उखु र तोरी भारतीय एसएसबीले भित्र्याउन नदिएपछि किसान मर्कामा परेका हुन्।

भारतीय सिमा सुरक्षा बल (एसएसवी) ले दशगजा क्षेत्रबाट कसैलाइ पनि प्रयोग गर्न नदिने भन्दै उखु ढुवानीमा रोक लगाएको बिओपी भुडाका ससस्त्र प्रहरी निरीक्षक गोबिन्द थापाले बताए। एसएसवीले सडघाटका स्थानीय राम बहादुर बिक, लोकमणि अर्याल, अमर चन्द र बिनोद लम्सालका खेतमा रहेको तीन दिन अघि काटेको उखु नजिकै रहेको महाकाली सुगर इन्डश्ट्रीमा लैजान अवरोध गरेको छ। ३५ नम्बर पिल्लर संगै रहेको झन्डै ५र६ बिगाहा खेतमा रहेको नेपाली किसानको खेतमा रहेको उखु कसरी ढुवानी गर्ने बारे किसान अन्यौलमा रहेका छ्न ।

भारतीय एसएसबीले नेपाल भारत सीमाबिचको बाटो नोमेन्सलेण्डलाई प्रयोग गर्न नदिएपछि किसानले काटेको तोरी कुहिन र उखु खेतमै सुक्न थालेको छ।बेलौरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष हरिलाल चौधरीले भने, ‘भारतीय एसएसबीका कारण हाम्रा किसानहरुले काटेको उखु मिलमा लैजान पाएका छैनन्, खेतबारीमा तोरी कुहिन थालेको छ,काटेको उखु सुक्न थालेको छ। तर भारतीय एसएसबीले बाटो प्रयोग गर्न दिएको छैन् ।’

यस्तै अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लबराज भट्ट भन्छन्, ‘सीमानामा नोमेन्सलेण्डूको एकिन नै नभएको बेला अहिलेसम्म नेपाल भारत दुबै पक्षले प्रयोग गर्दै आएको बाटोलाई नोमेन्सलेण्डू हो भन्दै भारतीय पक्षले कृषि कामको लागि प्रयोग गर्न नदिने कुरा भारतीय हेपाहा प्रबृती हो।’
‘किसानले खेतीबेली घर भित्र्याउन नपाउनु यो कहाँसम्म भारतीय एसएसबीको दादागिरी हो।’

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले नेपाल भारत दुबै देशमा सुरक्षा निकाय संग कुराकानी भइरहेको बताए।स्थानीयका अनुसार एसएसबीले गत विवादीत भूमि बुधबार दशगजा क्षेत्रमा सुटुक्क अस्थायी क्याम्प राखे लगत्तै भुडाका स्थानीय र सुरक्षाकर्मीको पहलमा तत्काल हटाएको थियो।कञ्चनपुरको ब्रह्मदेदेखि पुनर्वासको प्यारा ताल सम्म करिब १ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा सीमा विवाद कायमै रहेको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here